सहरी विकासका लागि नीतिमा एकरूपता ल्याउन आवश्यक : मन्त्री झाँक्री

धनगढी । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहरी विकासका लागि नीतिमा एकरूपता ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
धनगढीमा राष्ट्रिय सहरी नीति र सहरी विकास ऐन तर्जुमा सम्बन्धी प्रादेशिक कार्यशालाको आज उद्घाटन गर्नुहुँदै उहाँले दीर्घकालीनका विकासका लागि सहरी नीति ल्याउने तयारी भएको बताउनुभयो । मन्त्री झाँक्रीले सङ्घीय, प्रदेश, स्थानीय तहका बिच समन्वय भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घबहादुर सोडारीले सहरीकरणको कार्यक्षेत्र घटाएर लैजानुपर्ने बताउनुभयो ।
सहरी विकास मन्त्रालयका सचिव मनीराम गेलालले आवास, भवन र सहरी क्षेत्रमा मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै सहरी नीति र सहरी विकास ऐनका सम्बन्धमा प्राप्त सुझावलाई समेटिने बताउनुभयो ।
समृद्ध जीवन, सुन्दर र समावेशी सहर दूर दृष्टि सहितको कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, विज्ञ, सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्