चन्द्रौटा कृष्णनगर सडक : नाली बन्यो, ढक्कन बनेन

कपिलवस्तु ।कपिलवस्तुको चन्द्रौटा कृष्णनगर सडक निर्माण तीव्र रुपमा भइरहेको भएपनि सडक नाली भने धराप बनेका छन् ।
सडक निर्माण गर्दा नाली बने पनि ढक्कन नबन्दा निर्माण काम सुरु भएदेखि नै नागकिरहरुलाई समस्या भएको छ । नालीमा ढक्कन नहुँदा बालबालिकाहरू दैनिक रुपमा नालिमा खस्ने गरेका छन् ।
नालीमा ढक्कन नहुँदा छाडा चौपायामा समेत नाली खस्ने गरेको स्थानीहरूको बताएका छन् । मुख्य बजार मानिने चन्द्रौटा,बहादुरगञ्ज,कृष्णनगरमा नाली बनेपछि थप जोखिम बढेको छ ।
नाली बन्नु राम्रो कुरा भएपनि ढक्कन नहुँदा वृद्ध वृद्धा तथा बालबालिकाहरूलाई समस्या परेको स्थानीय रामपाल कुर्मीको भनाई छ । सुरुमा नाली बनाउने योजना नभएपनि पछि १ किलोमिटर नाली बनाउन थप गरिएको योजना परामर्श सेवाका इन्जिनियर रमेशलाल श्रेष्ठले बताउनुभयो ।
सबै ठाउँमा ढक्कन नभएपनि घर तथा सडक पास हुने ठाउँमा ढक्कन राखिने उहाँले बताउनुभयो । ढक्कन राख्न केही ढिलाइ भएको स्वीकार गर्दै ठेगदार कम्पनीलाई पटक पटक भनेको उहाँले बताउनुभयो ।यता निर्माणका जिम्मा पाएको दिनेशचन्द्र कालिका जेभिले नालीको ढक्कन बनाउने योजना नरहेको बताएको छ । केही प्राविधिक त्रुटिले अहिले ढक्कनको काम रोकिएकोले आयोजनाले उक्त त्रुटि सच्याएमा ढक्कन बनाउन सकिने प्राविधिकले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्