तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरु

काठमाडौँ। स्थानीय तहको निर्वाचन सम्बन्धी छलफलका लागि निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

बैठक आयोग कार्यालय कान्तिपथमा सुरु भएको हो । आयोगले बोलाएको बैठकमा१७ राजनीतिक दलका प्रतिनिधि छलफलमा सहभागी भएका छन्।

आजको बैठकमा निर्वाचन तयारीबारे राजनीतिक दलले गरेको प्रगति विवरणबारे प्रतिनिधिलाई जानकारी गराउने कार्यक्रम छ।

आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button