तपाईँ सुन्दै हुनुहुन्छः

सङ्खुवासभा बस दुर्घटना अपडेट : मृतक १४ जना र घाइते ५ जनाको सनाखत (नामावली सहित)

किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुने १४ जना र घाइते ५ जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ । 

आज बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सात घुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।

मृतकको विवरण यस प्रकार छ :-

१. सङ्खुवासभा मादी न.पा. -६ बस्ने बर्ष ३० की सिता बि.क. 
२. सङ्खुवासभा मादी न.पा. -६ बस्ने बर्ष ३२ की अञ्जना कटुवाल 
३. सङ्खुवासभा मादी न.पा. – ५ बस्ने बर्ष ४९ को भवानी प्र. दाहाल 
४. सङ्खुवासभा मादी न.पा. – २ बस्ने बर्ष ४२ को इन्द्र अधिकारी 
५. सङ्खुवासभा मादी न.पा. – ६ बस्ने तुलसा कटवालको छोरी बर्ष ५ कि दीक्षा कटवाल 
६. सङ्खुवासभा मादी न.पा. – ४ बस्ने बर्ष ६० को बल बहादुर कार्की 
७.  सङ्खुवासभा मादी न.पा. – ४ बस्ने बर्ष २८ की सबिता कार्की 
८.  सङ्खुवासभा मादी न.पा. – ५ बस्ने बर्ष ४८ को दिपक कुमार दाहाल 
९.   ताप्लेजुङ बस्ने बर्ष ३१ की समीक्षा योञ्जन । 
१०.  ताप्लेजुङ बस्ने समीक्षा योञ्जनको छोरा बर्ष ८ को सुदिप घिसिङ 
११.  सङ्खुवासभा मादी न.पा. – ५ बस्ने बर्ष ५५ को श्याम शेर्पा 
१२.  सङ्खुवासभा मादी न.पा. – ४ बस्ने आईत बहादुर तामाङ 
१३.   तेह्रथुम फाक्चामारा बस्ने बर्ष ३१ को विपिन निरौला (चालक) 
१४.  सङ्खुवासभा मादी न.पा. – ५ बस्ने उमेश भट्टराई (सह-चालक)

घाइते भएका मानिसहरूको विवरण :-
१.  सङ्खुवासभा मादी न.पा. – ६ बस्ने बर्ष ५० को डम्बर ब। कार्की 
२.  सङ्खुवासभा मादी न.पा. – ४ बस्ने उम्लिङ बस्ने बर्ष २४ की करिश्मा तामाङ 
३.   सङ्खुवासभा मादी न.पा. – ६ बस्ने २२ की तुलसा कटवाल 
४.  सङ्खुवासभा मादी न.पा. – ४ बस्ने २४ को सुवास तामाङ 
५.   सङ्खुवासभा मादी न.पा. – ५ बस्ने बर्ष २७ की युका पोखरेल (गम्भीर घाइते)

प्रतिक्रिया राख्नुहोस्

Back to top button