सङ्खुवासभामा बस दुर्घटना : घटनास्थलमै ७ जनाको मृत्यु

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका स्थित रामदेवी भन्ने ठाउँमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार मादी नगरपालिकाबाट धरान जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ७ जनाको मृत्यु भएको हो ।
बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको स्थानीयवासीहरुले बताएका छन् । बसमा कति जना थिए अहिलेसम्म खुलिसकेको छैन । घाइतेको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्