तपाईँ सुन्दै हुनुहुन्छः

स्वागतका लागि बिहीबार सार्वजनिक बिदा

बर्दिबास । महोत्तरीको भंगहा नगरपालिकाले मिथिलाको प्रसिद्ध माध्यमा परिक्रमा कन्चनवनमा आउने यात्रीहरूको स्वागतका लागि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

मिथिला माध्यमिकी परिक्रमा सातौँ दिन बिहीबार कञ्चनवनमा विश्राम गर्ने हुँदा नगरभर सार्वजनिक बिदा दिने निर्णय भएको भंगहा नगरपालिकाका नगरप्रमुख सञ्जीवकुमार साहले बताउनुभयो । 

बिहीबार नगरभित्रका सबै वडा कार्यालय, स्वास्थ्य चौकी (इमरजेन्सी सेवाबाहेक), विद्यालय र सार्वजनिक सङ्घ-संस्था बन्द रहने जारी सूचनामा जनाइएको छ । 

बुधवार महोत्तरीको धुव्रकुण्डमा विश्राम गरेका यात्रीहरू बिहीबार बिहानै कञ्चनवन आउने भएका छन् । बिहीबार राति यहाँ विश्राम गरेपछि यात्रीहरू शुक्रवार बिहानै धनुषा जिल्ला प्रवेश गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button