तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपा नेपालको बैठकले गर्‍यो कार्य विभाजन

काठमाडौँ । राप्रपा नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकमा तीन महिनाभित्र ७ प्रदेश, ७७ जिल्ला र ७५३ गाउँ तथा नगरपालिकाहरूमा इकाई समिति, भातृ सङ्गठनहरूको सङ्गठन विस्तार तथा सुदृढीकरण सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले २०७८ चैत्र महिनाभित्र स्थानीय तहहरूमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । साथै २१ दिन भित्र अनिवार्य रूपले जिल्ला स्तरीय भेला आयोजना गर्ने र कार्यसमिति गठन भइसकेका जिल्लाहरूमा आगामी चैतभित्र प्रशिक्षण कार्यक्रम समेत गर्ने निर्णय गरेको छ ।

बैठकले पदाधिकारीहरू तथा सदस्यको कार्य विभाजन गरेको छ । जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष कमल थापा, आर्थिक विभाग प्रमुखमा उपाध्यक्ष उद्धव पौडेल, नीति तथा अनुसन्धान विभाग प्रमुखमा उपाध्यक्ष डा। विष्णु भण्डारी, सचिवालय प्रमुखमा महामन्त्री भास्कर भद्रा, प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुखमा महामन्त्री सुशील कुमार श्रेष्ठ, कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखमा महामन्त्री इन्द्र चित्रकार, सङ्गठन विभाग प्रमुखमा महामन्त्री राजाराम बतौँला, प्रचार विभाग प्रमुखमा प्रवक्ता सुरेश आचार्य, महिला विभाग प्रमुखमा सहायक महामन्त्री ममता राई र सहकारी संस्था समन्वय विभाग प्रमुखमा केन्द्रीय सदस्य राजकुमार खड्का मनोनीत गरेको राप्रपा नेपालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button