झापा गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा
झापा । त्रिभुवन आर्मी फुटबल क्लब नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलमा भारत दार्जिलिङको एम एफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले एक/एक गोल गरे । खेलको १० औँ मिनेटमा सन्तोष तामाङको प्रहार गोलमा परिणत भयो । त्यस्तै, ३५ औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल थपे । उनले २३ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भयो ।

त्यसैगरी, खेलको ६८ औँ मिनेटमा आर्मीका विकास तामाङले अर्को गोल थपेर जित सुनिश्चित गरे ।
आजको खेलको प्लेयर अफ दि म्याच आर्मीका सन्तोष तामाङ भए । उनले नगद ९९९९ रुपैयाँ पाए ।
भोलि अन्तिम क्वार्टर फाइनल खेल घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने आयोजकले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्