तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान सेनापति शर्मा र नेपालका लागि बङ्गलादेशका राजदूतबीच भेटघाट

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र बङ्गलादेशका राजदूत Salahuddin Noman Chowdhury बीच आज जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । 

जङ्गी अड्डा, भद्रकालीस्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button