तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र मन्त्रीसँग फ्रान्सेली प्रतिनिधिमण्डलको भेट

काठमाडौँ । नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा दुवै पक्षले नेपाल–फ्रान्स सम्बन्धका विविध पक्ष, सहयोग र साझा हितका बहुपक्षीय मुद्दामा विचार आदानप्रदान भएको थियो ।

आजै मन्त्री खड्कासँग नेपालका लागि जर्जियाका राजदूत अर्चिल जुलियाश्भिलीले शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबिच द्विपक्षीय सम्बन्ध र विभिन्न बहुपक्षीय मञ्चमा भएको सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button