नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको मङ्गलवार आइपिओ बाँडफाँड भएको छ । कम्पनीले गत फागुन १ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आइपिओ गोला प्रथाद्वारा बाँडफाँट गरिएको थियो । २५ लाख २७ हजार १ सय १ जनाले शेयर आवेदन गरेकोमा २५ लाख २२ हजार ९ सय ५५ जना योग्य निवेदकबाट गोला प्रथाबाट बाँडफाँट गर्दा ७७ हजार ४ सय ५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् ।
नेष्डोले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरका ८ लाख २८ हजार ७ सय ५० कित्ता आइपिओ निष्कासन गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्