चैत्र १८ गतेदेखि मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो हुने
विराटनगर । स्वदेशी उत्पादनलाई वढावा दिन विराटनगरमा विराट ट्रेड एक्स्पो – २०७८ हुने भएको छ । मोरङ व्यापार सङ्घको आयोजनमा चैत १८ देखी चैत २६ गतेसम्म मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो हुन लागेको हो ।
मोरङ व्यापार सङ्घले विराटनगरमा आज पत्रकार सम्मेलन गरी स्वदेशी तथा विदेशी उत्पादनका वस्तुहरूलाई एकै ठाउँमा राखेर एक्स्पो आयोजना गर्न लागिएको हो ।
विराट ट्रेड एक्स्पोमा स्वदेशी तथा विदेशी उत्पादनका २ सय ८१ स्टल रहने व्यापार संघका अध्यक्ष नवीन रिजालले बताउनुभयो । एसिडोमको प्रयोग गरेर नेपालमै पहिलो पटक यस प्रकारको एक्स्पो आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
९ दिनसम्म सञ्चालन हुने एक्स्पो ३ लाख दर्शकले अवलोकन गर्ने र ४० देखी ४५ करोड सम्मको कारोबार हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा दर्शकहरूको मनोरञ्जनका लागी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्पदाका नमुनाहरू लन्डन ब्रिज, वुर्ज खलिफा, वुर्जअल अरब, सेन्ट वेसिल जस्ता मुख्य आकर्षणका प्रदर्शनीको साथै नेपालको मेलाको इतिहासमै पहिलो पटक जिपलाईन, रिर्भस बन्जी, जिप साइक्लिङ जस्ता खेलकुदको आयोजना गरिने अध्यक्ष रिजालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्