रोल्पामा नमुना युवा गाउँसभा ४ दिनसम्म चलाइँदै

रोल्पा । समृद्ध नेपाल निर्माणका लागि स्वस्थ कर्मठ र उद्यमी युवा भन्ने नाराका साथ नमुना युवा सांसदको स्थापना र अभ्यास कार्यक्रम त्रिवेणी गाउँपालिका जुगारको बहुउद्देश्यीय सभा हलमा नमुना युवा गाउँसभा सञ्चालन भएको छ ।
जिल्ला युवा समितिको समन्वय र त्रिवेणी गाउँपालिकाको आयोजनामा गाउँपालिका अन्तरगत रहेका सात वटा वडाका २८ जना युवाको सहभागितामा नमुना अभ्यास कार्यक्रमको सुरुवात गरिएको छ ।

आज बाट सुरु गरिएको नमुना युवा गाउँसभा ४ दिन सम्म चलाइने छ भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले गर्नुभएको थियो ।
व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकाले गर्ने कार्य सम्बन्धी प्रशिक्षण दिइनुका साथै निर्वाचन प्रक्रिया त्यसैगरी सत्तापक्ष, प्रतिपक्ष सांसदहरू उपस्थित युवालाई बनाई नीति निर्माण बनाउन, सभा सञ्चालन गर्न ,जनताको मागलाई सम्बोधन गर्न के कस्ता भूमिका सांसदहरूले निर्वाह गर्न आवश्यक हुन्छ भन्ने बारे युवालाई नै नमुना युवा सांसदहरूको रूपमा सहभागी बनाई प्रशिक्षण दिन लागेको आयोजक गाउँपालिकाले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्