दुई महिना देखि वनमा बस्दै गरेकी महिलाको उद्धार

कञ्चनपुर । कञ्चनपुरमा दुई महिना देखि वनमा बस्दै गरेकी महिलाको उद्धार गरिएको छ ।
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि झोपडी बनाएर बस्दै आएकी उमा चौधरीलाई आज उद्धार गरिएको छ। नगरपालिकाले सञ्चालन गरेको सेफ हाउसले प्रहरीको सहयोगमा अहिले उनलाई उद्धार गरेर राखिएको छ।
अहिले उनलाई सुरक्षित रुपमा राख्नका लागि अन्य दातृ निकायले सञ्चालन गरेका सुरक्षित गृहमा पठाउने व्यवस्था भइरहेको बताइएको छ। उद्धार गरिएकी महिला डिप्रेसनमा रहेकीले मनोविर्मशको समेत आवश्यकता रहेको जनाइएको छ।
बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुरले कुटपिट गरी बनमा लगेर अलपत्र पारेपछि उनी दुई महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएकी र नजिकैको गाउँबाट खाना मागेर खाँदै आएकी थिइन् ।
वडाध्यक्ष दिलबहादुर बुढाले एक्लै महिला वन क्षेत्रमा तुसारोसमेत नछेक्ने झोपडीमा बस्ने गरेको देखेपछि वन छेउकै मन्दिरमा साधु बस्ने कुटीको बरण्डामा बस्ने व्यवस्था मिलाएका थिए।








प्रतिक्रिया राख्नुहोस्