तपाईँ सुन्दै हुनुहुन्छः

कृषक समूहलाई टनेल र बिउँ वितरण गर्दै कृषि ज्ञान केन्द्र पर्वत

पर्वत । पर्वतमा कृषक समूहलाई कृषि ज्ञान केन्द्र पर्वतले टनेल र बिउँ वितरण गरेको छ । कृषि क्षेत्रमा केही गर्छु भनेर थालनी गरेका कृषकहरूलाई समूह, सहकारी मार्फत ज्ञान केन्द्रले विभिन्न खालका अनुदानहरू दिँदै आएको कार्यालयले जनाएको छ ।

ग्रामीण पोषण सुरक्षा कार्यक्रम मार्फत कृषि ज्ञान केन्द्र पर्वतले कृषकलाई टनेल, बिउ विजन, मौरीका गोला सँगैको घार साथै अन्य खालका बस्तुहरू वितरण गर्दै आएको कार्यालय प्रमुख मनिता थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्याकेजका कार्यक्रम अन्तर्गत नपरेका जिल्लाका विभिन्न ठाउँमा यसरी समूहमा आबद्ध बनाएर पोषण सुधार गर्ने उद्देश्यका साथ यो कार्यक्रम चलाएको बताउनुभयो । 

थापा भन्नुहुन्छ, “पर्वतको मोदी गाउँपालिकाको क्याङ,जलजला गाउँपालिकाको बनौ छनोट गरेका छौ भने कुश्मा नगरपालिकाको वार्ड नं. २ र ३ मा पर्ने अलिकति बिकट मानिने बुडिस्वाँरामा करिब ५ लाख बराबरको टनेल र बिउँ धौलागिरि कृषक समूहलाई वितरण गरिसकिएको छ । ६० जना कृषकले टनेल र बिउँ पाएको धौलागिरि कृषक समूहका अध्यक्ष मीन राज केसी अविरलको भनाई छ । अविरलका अनुसार आफ्नो समूहलाई छनोटमा पारेर कृषि ज्ञान केन्द्रले जुन उद्देश्यका साथ यो अनुदान दिएको छ त्यो उद्देश्य पुरा गर्ने र गाउँलाई हराभरा बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।”

व्यावसायिक बन्ने र मुनाफा कमाउने भन्दा पनि घरेलु स्तरमा कृषि उपजहरू उत्पादन गरेर मानिस लाई चाहिने सन्तुलित पोषिलो आहारा पूर्ति गर्नका लागि यो कार्यक्रम सञ्चालनमा आएको थापाको भनाई छ । “कुन समूहलाई दिने कसरी छनोट गरेर वितरण गर्ने भन्ने कुरा भेटेरिनरी,स्वास्थ्य र कृषि ज्ञान केन्द्रको एउटा छनोट समूह छ त्यो समूहले सूचना प्रकाशित गर्छ त्यो सूचना प्रकाशित भए पछि समूह सहकारी मार्फत परेका आवेदन उपर छलफल गरेर समूह छनोट गर्छौ थापाले बताउनुभयो । ” वितरण गरिएको टनेल र बिउँमा ९० प्रतिशत अनुदान कार्यालयले बेहोरेको छ भने १० प्रतिशत स्वयम कृषकको रहेको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा जिल्लामा सञ्चालन गरेको ग्रामीण पोषण कार्यक्रम पहिलो रहेको र यसको लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ छुट्टाएको प्रमुख थापाले बताउनुभयो । यो कार्यक्रममा कम्तीमा पनि २० घरधुरी समेटिनु पर्ने छ भने पर्वतका सातै स्थानीय तहमा  कार्यक्रम सञ्चालनमा रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button