तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी राष्ट्रपति बाइडेनले फ्रान्स, जर्मनी र बेलायतका नेतासँग छलफल गर्ने

वासिङ्टन। अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रमुख तीन देशका नेताहरूसँग सोमबार छलफल गर्नु हुने भएको छ ।

उहाँले फ्रान्स, जर्मनी र बेलायतका शीर्ष नेताहरूसँग भिडियो कुराकानी गर्नु हुने भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

उहाँहरूले युक्रेनमाथि रुसले गरेको आक्रमणका बारेमा छलफल गर्नु हुने भएको कार्यालयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गर्नु गलत भएको भन्दै रुसी कदमको विरोध गर्दै आएका देशका नेताहरूले रुसलाई थप दवाव दिन छलफल गर्न लागेको बुझिएको छ ।

उनीहरूले युक्रेनको पक्षमा बोल्दै आएका छन् भने युक्रेनलाई सहयोग गर्न अनुरोध पनि गरेका छन् । थप सहयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि उहाँहरूले छलफल गर्ने अपेक्षा गरिएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button