तपाईँ सुन्दै हुनुहुन्छः

यमनमा ८० हुथि विद्रोही मारिए

अडेन। यमनको सरकारको सुरक्षा कारबाहीका क्रममा थप ८० जना हुथि विद्रोही मारिएका छन् ।

देशको हज्जाह प्रान्तमा पछिल्लो ७२ घण्टामा उनीहरु मारिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

सरकारको नियन्त्रणमा रहेको त्यस क्षेत्रबाट सरकारी सुरक्षाकर्मीहरूले विद्रोहीहरूका सवारी साधन लगायत पनि बरामद गरेको छ ।

विद्रोहीहरूले आक्रमणको तयारी गरिरहेको सूचनाका आधारमा आक्रमण गर्दा उनीहरु मारिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button