पानीमा डुबेर बालकको मृत्यु, एक जनाको शव भेटियो
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अरनिको बस्ती बस्ने दिल बहादुर तामाङका २ वर्षीय छोरा अनुरोधको डुबेर मृत्यु भएको छ।
पानीको धारा नजिक खाल्डोमा डुबेका उनको तत्काल उद्धार गरिएको थियो। उपचारका लागि बीएन पोलिक्लिनिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै बेलौरी नगरपालिका–७ बरहैयास्थित खेतमा पुनर्वास नगरपालिका–१ पुरैना बस्ने ३६ वर्षीय रामस्वरुप राना मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्