पाल्पामा एक अङ्कमा झर्यो कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या

पाल्पा । पाल्पामा अहिले ९ जना मात्र कोरोना सक्रिय सङ्क्रमितहरू रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा चार जना कोरोना सक्रिय सङ्क्रमितहरू निको भएसँगै जिल्ला कोरोना सक्रिय सङ्क्रमितहरूको सङ्ख्या एक अङ्कमा झरेको हो ।
निको हुने चारै जना पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिकामा ३ जना, रिब्दिकोट गाउँपालिकामा २ जना, रैनादेबी छहरा गाउँपालिकामा २ जना, पूर्बखोला गाउँपालिकामा १ जना र माथागढी गाउँपालिकामा १ जना सक्रिय सङ्क्रमितहरू रहेका छन् ।
जिल्लामा कोरोना सङ्क्रमणकै कारण हाल सम्म २ सय ६६ जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्