तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनको केन्द्र हो पर्वत जिल्ला : अध्यक्ष तिमिल्सिना

पर्वत।सोमबार बिहानै पर्वतको कुश्मा बजार आउनुभएका राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पर्यटनको केन्द्र पर्वत जिल्ला भएको बताउनुभएको छ ।

कुश्मामा बनेको जिप लाइनमा उहाँले स्काई ब्रिजको उद्घाटन गर्दै अव पर्वत कुनै पनि हिसाबमा पछाडि नपरेको दाबी गर्नुभयो । पत्रकारहरू सँगको भेटघाटमा अध्यक्ष तिमिल्सिनाले पर्यटन र आर्थिक गतिविधि सँग सम्बन्ध राख्ने र केही फरक गर्नेलाई साथमा साथ र हातमा हात दिनुपर्नेमा बिरोध मात्र गर्ने प्रवृत्तिलाई सबैले हटाउनु पर्ने बताउनुभयो ।

पर्वतले अहिले सबैको ध्यान केन्द्रित गरेको तिमिल्सिनाको भनाई छ । तिमिल्सिनाले भन्नुभयो,‘पर्वतमा रहेका सबै भन्दा धेरै अग्ला र लामा झोलुङ्गे पुल, बन्जि जम्प,स्विङ,स्काई साइकलिङ जिप लाइन र रर्याफटिङ पनि हुने भएकाले पर्वत पर्यटन आकर्षणको केन्द्र बनेको छ ।’

त्यति मात्र होइन यहाँका उच्च पहाडी भू–भागहरू पञ्चासे, जलजला हम्पाल , डहरे देउरी लगायत धार्मिक पर्यटनको लागि पनि धेरै ठाउँहरू छन् त्यसैले पर्वत जिल्ला पर्यटनको हिसाबले एक नमुना जिल्ला भएको तिमिल्सिनाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button