वडाबासीको सुरक्षाका लागि सिसिटिभी क्यामरा जडान
बीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ लाई स्मार्ट टोलको रुपमा विकसित गर्न वडाका विभिन्न ५ स्थानमा एक कार्यक्रमबिच थप ११ वटा सिसि क्यामरा जडान गरिएको छ ।

वडा बासीको शान्ति सुरक्षाका लागि ४ लाखको लागतमा ११ स्थानमा जडान गरिएका सिसि टिभी क्यामराको कन्ट्रोल रुपमा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलमा राखिएको र त्यहाँबाट वडामा हुने सम्पूर्ण गतिविधि हेर्न मिल्ने बीरगंज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रदीप चौरसियाले बताउनुभयो ।
सिसि टिभी क्यामराको कन्ट्रोल रुमको आज एक कार्यक्रमबिच जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले उद्घाटन गर्नुहुँदै अपराध नियन्त्रणमा आम नागरिक र प्रहरी हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
वडा अध्यक्ष चौरसियाले ५ नम्बर वडालाई महानगरपालिकाको नमुना वडाको रुपमा विकास गर्न आफूले सरसफाइलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले हाल वडामा नमुना सडक निर्माण, वृक्षारोपण, वडा बासीको सूचनाका लागि डिस्प्ले बोर्ड राखिएको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्