तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाही जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

जनकपुरधाम । मधेश प्रदेशको सर्लाही जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको छ । सो जिल्लाको संस्थागत र होम आइसोलेसनमा एक जना पनि कोरोनाका संक्रमित नरहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

मधेश प्रदेशका पर्सा जिल्ला बाहेक कुनै पनि जिल्लाको कोरोनाका संक्रमित अस्पताल वा संस्थागत आइसोलेसनमा कोरोनाका सक्रिय संक्रमित नभएको स्वास्थ्य निर्देशक विजय कुमार झाले जानकारी दिनु भयो । 

पर्सा जिल्लाको आइसियुमा एक जना कोरोनाका संक्रमित उपचारमा रहेको भएपनि अन्य जिल्लाको अस्पताल तथा आइसोलेसन पूर्ण रुपमा नै खाली भएको छ । तर होम आइसोलेसनमा अहिले पनि विभिन्न जिल्लाहरूमा कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

जस अनुसार सप्तरी जिल्लामा ७, सिरहामा ३, धनुषामा ४०, महोत्तरीमा २४, सर्लाहीमा कोही पनि सक्रिय संक्रमित रहेको छैन । यसै गरी रौतहट जिल्लामा ८, बारामा ९० तथा पर्सा जिल्लामा २ सय २७ जनाले होम आइसोलेसनमा रहेर चिकित्सकको परामर्शमा उपचाररत रहनु भएको छ । 

अहिले प्रदेश भरिमा गरेर ४ सय जना कोरोनाका सक्रिय संक्रमित भएको बताउँदै निर्देशनालयले कोरोनाका नयाँ संक्रमित थप हुने क्रम नगन्यमा पुगेकाले केही दिनमा होम आइसोलेसन खाली हुने अवस्था रहेको स्वास्थ्य निर्देशक झाले जानकारी दिए ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button