तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य शिविरमा ३ हजार २ सय जनाको चेकजाँच

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका र साथी नेपालको आयोजनामा बुधवारदेखि सुरु भएको चार दिने महिला प्रजनन सम्बन्धी स्वास्थ्य शिविरमा ३ हजार २ सय जनाले आफ्नो स्वास्थ्यको चेकजाँच गराएका छन् ।

डुमरवानास्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा विशेषज्ञको टोलीसहित आयोजित शिविरको पहिलो र दोस्रो दिन १ हजार ५ सय जना र जीतपुरको फकिरा गिरी माध्यमिक विद्यालयमा भएको तेस्रो र चौथो दिनको शिविरमा १ हजार ७ सय जना महिलाको स्वास्थ्य परिक्षण गरिएको हो ।

सामुदायिक सेवा प्रतिष्ठानसँगको सहकार्यमा आयोजित शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने समस्याको उपचार, पाठेघरको एक्स-रे लगायत महिला प्रजनन सम्बन्धी रोगको परिक्षण गरिएको हो ।

प्राविधिक टोलीसहितको शिविरमा अमेरिकाबाट आउनुभएका विशेषज्ञ चिकित्सक डा. शितेष कोइराला, स्त्री रोग विशेषज्ञ डा. रीति लामिछाने, रुपा कर्माचार्य, पुष्पा कर्माचार्य लगायत ११ जनाको टोलीले शिविरमा प्राविधिक सेवा प्रदान गरेको थियो ।

शिविरमा जाँच गराउन आउने महिलाका लागि आयोजकले निःशुल्क यातायातको व्यवस्था समेत गरेको थियो । शिविरमा जाँच गराउन उलेख्य मात्रामा महिलाको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button