तपाईँ सुन्दै हुनुहुन्छः

सम्पादकीय लेख्न छाड्दा स्थानीय पत्रिकाको स्तरमा गिरावट

कञ्चनपुर । प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले स्थानीय पत्रिकामा सम्पादकीय लेख्न छाड्दा पत्रिकाको स्तर खस्किएको गुनासो गर्नुभयो ।“अचेल कपी पेस्ट पत्रकारिता चलेको छ, कुनै पत्रिकामा पनि सम्पादकीय आउँदैन”, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमा उहाँले भन्नुभयो, “सम्पादकीय लेख्नै छाडिएको छ, यसले पत्रिकाको स्तर राम्रो बनाउन बनाउँदैन ।”

सम्पादकीय नलेखिने पत्रिका पत्रिका हुन कि होइन भनेर काउन्सिललमा बहससमेत हुने गरेकाले तिनलाई स्थान दिएर पत्रिका छाप्नुपर्नेमा जोड दिँदै सदस्य जोशीले सम्पादकीय, लेख, रचना र स्थानीय विषयवस्तुलाई नै वर्गीकरणको आधार मानिने गरी छलफल अघि बढाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button