तपाईँ सुन्दै हुनुहुन्छः

३ लाख नक्कली रुपैयाँ सहित महतो पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरी बल बाराले ३ लाख नक्कली नेपाली नोटसहित एक युवकलाई रंगेहात पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ दिगम्बरपुर निवासी १९ वर्षीय वीरेन्द्रकुमार महतोलाई ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित बिहीबार दिउँसो बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ अम्मरपुरबाट रंगेहात पक्राउ गरेको सशस्त्र प्रहरीको मधेस प्रदेशका प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

लु ७८ प २३९७ नम्बरको मोटरसाइकलमा बाराको अम्मरपुरबाट सिमरौन नहरको बाटो तर्फ गइरहेको अवस्थामा नेपाल भारत सीमा क्षेत्रबाट महतोलाई पक्राउ गरिएको डिआइजी गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

महतोको साथबाट नेपाली एक हजार दरको ३ सय १ वटा नक्कली नोट र सक्कली १५ सय २५ रुपैयाँ बरामद गरिएको डिआइजी मगरले बताउनुभयो ।

पक्राउ परेका अभियुक्तलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको डिआइजी ठाडा मगरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button