लेखा समितिले समितिको वार्षिक प्रतिवेदन पारित
काठमाडौँ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले समितिको वार्षिक प्रतिवेदन २०७८ पारित गरेको छ ।
समितिको आज बसेको बैठकले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन २०७८ पारित गरेको हो ।
समितिको प्रतिवेदनमा सार्वजनिक लेखा समितिका निर्णय तथा निर्देशनहरू, महालेखापरीक्षकको विभिन्न वार्षिक प्रतिवेदनमा औँल्याइएका बेरुजुका सम्बन्धमा भएका काम कारबाहीहरूको विवरणहरू र विभिन्न समयमा समितिले गठन गरेका उपसमितिका प्रतिवेदनहरू समेटिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्