पत्रकारितामा विश्वसनीयताको संकट : गोकुल बास्कोटा

सुर्खेत । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको संकट पैदा हुँदै गएको बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश प्रथम अधिवेशनलाई आज सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले विश्वसनीयताको सङ्कटले पत्रकारिताको महत्त्व कम हुन नदिन पत्रकार नै जुट्नु पर्ने बेला आएको बताउनु भएको हो । नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गएको भन्दै उहाँले ‘स्ट्रीक पत्रकारिता होइन, स्ट्राईक पत्रकारिता’ गर्न आवश्यक रहेको औँल्याउनु भयो ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल, गोरख बोगटी, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाललगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्