तपाईँ सुन्दै हुनुहुन्छः

कालापत्थरमा जलवायु परिवर्तन सम्बन्धी घोषणापत्र जारी हुँदै 

सोलुखुम्बु । ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ ४० जना महिलाको टोली पदयात्रामा खुम्बु प्रवेश गरेको छ ।

आगामी फागुन २४ अर्थात् मार्च ८ तारिखमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कालापत्थरमा विशेष कार्यक्रम गर्ने योजनासहित काठमाडौँबाट टोली खुम्बुको नाम्चे बजार पुगेको हो ।

टोलीमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहित विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको सहभागिता रहेको आयोजक ‘साथसाथै’ की अध्यक्ष प्रजिता कार्कीले जानकारी दिनुभयो ।

जलवायु परिवर्तन सम्बन्धी घोषणापत्र जारी गर्ने तयारीका साथ आयोजित कार्यक्रममा मार्च ८ तारिखका दिन काठमाडौँबाट अन्य व्यक्तिहरू हेलिकप्टरमार्फत कालापत्थर पुग्ने जनाइएको छ ।

कालपत्थरमा पुगेर जलवायु परिवर्तनले विशेष गरी महिला जनजीवनमा पारेको प्रभाव र महिला न्यायका विषयमा विश्वलाई ध्यानाकर्षण गराउन घोषणापत्र समेत जारी गर्ने तयारी रहेको अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button