धनगढीमा आजदेखि ‘नेपाली साहित्य महोत्सव २०७८’ सुरु

धनगढी । साहित्य, कला, संस्कृतिको पहिचानलाई उजागर गरौँ भन्ने नाराका साथ आजदेखि धनगढीमा नेपाली साहित्य महोत्सव २०७८ सुरु भएको छ ।
महोत्सव तीन दिन (फागुन १९, २० र गते) सम्म सञ्चालन आयोजक सुदूर पश्चिमाञ्चल साहित्य समाजले जनाएको छ ।
नेपाली भाषा, साहित्यको उजागर गर्दै सुदूरपश्चिम प्रदेशको कला, साहित्य,संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रङ्गमञ्च सम्म जोड्ने उद्देश्य रहेको साहित्य महोत्सवमा काव्य गोष्ठी, साहित्यिक तथा गजल साँझ, साङ्गीतिक लगायतका कार्यक्रम सञ्चालन गरिने छ । महोत्सवमा विभिन्न क्षेत्रबाट २ सय जति साहित्यकारको सहभागिता रहने बताइएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज एक समारोहका बिच महोत्सवको उद्घाटन गर्नुभयो । त्यस क्रममा उहाँले भाषा, साहित्य, लोकसंस्कृतिको संवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
समाजका अध्यक्ष रामलाल जोशीको सभापतित्वमा भएको उद्घाटन समारोहमा सभामुख अर्जुन थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, वरिष्ठ साहित्यकार लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्