तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु

धनगढी  । नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । 

धनगढीस्थित उद्योग वाणिज्य सङ्घको सभा हलमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । 

दोस्रो चरणमा सभापति पदका उम्मेदवार द्वय नारायण भट्ट र प्रकाश बम चुनावी मैदानमा रहनुभएको छ  । 

फागुन १६ गते सम्पन्न मत परिणाम अनुसार सभापति उम्मेदवार भट्टले १०७२ मत र बमले ११६९ मत प्राप्त गर्नुभएको थियो । 

काँग्रेस कैलालीमा २५७६ क्षेत्रीय प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button