४ देशका गैरआवासीय राजदूतहरूद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि मौरिसस, बोत्स्वाना, माल्दिभ्स र ट्युनिशियाका गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ
राष्ट्रपति भवन शीतल निवासमा आज छुट्टाछुट्टै आयोजित विशेष समारोहबीच नेपालका लागि मौरिससका राजदूत शान्तीबाई हनुमाजी, बोत्स्वानाका जिल्बर्ट सिमेन मंगोल,माल्दिभ्सका डा.हुसेन नियाज र ट्युनिशियाका गैरआवासीय राजदूत हायत तल्बीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।
समारोहमा परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्