तपाईँ सुन्दै हुनुहुन्छः

हत्या अभियोगमा फरार सिंह ३१ वर्षपछि पक्राउ

बाजुरा । हत्या अभियोगमा फरार बाजुराको खप्तड क्षेडेदह गाउँपालिका वडा नम्बर–२ जय बागेश्वरीका ६८ वर्षीय मीनबहादुर सिंह ३१ वर्षपछि पक्राउ परेका छन् ।

२०४८ साल असोज ६ गतेका दिन भैँसीले कोदो बाली खाएको विषयमा विवाद हुँदा सोही वडाका शङ्कर धामीको गोरु बाँध्ने काठको किलोले टाउकोमा प्रहार गरी हत्या गरी फरार सिंह ३१ वर्षपछि पक्राउ परेका हुन् ।

सिंहलाई आज प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो।

सिंहलाई ३१ वर्षपछि लुकीछिपी बसेको अवस्थामा कैलाली प्रहरीको सहयोगमा धनगढीको सन्तोषी टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले जानकारी दिनुभयो ।

२०५४ साल भदौ २५ गते पुनरावेदन अदालत दिपायलले हत्या अभियोगमा मीनबहादुर सिंह समेतका प्रतिवादीहरूलाई जन्मकैदको फैसला गरेको थियो । त्यस्तै २०७५ असार २८ गते सम्मानित सर्वोच्च अदालतले निज प्रतिवादीलाई १० वर्षको कैद सजाय फैसला गरेको थियो।

फैसला मितिदेखि प्रतिवादी सिंह फरार थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button