तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाले लगायो रुसी विमानलाई प्रतिबन्ध

वासिङटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले संसदलाई सम्बोधन गर्दै सबै रुसी उडानहरूले अब अमेरिकी हवाई क्षेत्र प्रयोग गर्न नपाउने बताउनुभएको छ ।

आफ्नो सम्बोधनका क्रममा उहाँले यी रुसी उडानहरूमा सबै प्रकारका व्यावसायिक र निजी उडानहरू समावेश गरिएको बताउनु भयो ।

युरोपेली राष्ट्रहरू र क्यानडाले पनि रुसका उडानमा प्रतिबन्ध लगाइसेका छन्। बाइडेनले प्रतिबन्धले रुसलाई अझ एक्लो बनाउने र अर्थतन्त्रमा ठूलो दबाब पर्ने बताउनु भयो।

उहाँले रुसी मुद्रा रुबल र स्टक बजारले आफ्नो भ्याल्यु ३०–४० प्रतिशत गुमाइसकेको पनि औंल्याउनुभयो ।

राष्ट्रपति बाडेनले अमेरिकीहरूलाई युक्रेनी जनताबाट प्रेरणा लिन पनि आग्रह गर्नुभयो। ‘पुटिनले पक्कै पनि किभलाई ट्याङ्कले घेरेर बस्न सक्छन्, तर उहाँले युक्रेनी जनताको मन कहिल्यै जित्ने छैनन्,’ उहाँले भन्नुभयो । बीबीसी

प्रतिक्रिया राख्नुहोस्

Back to top button