तपाईँ सुन्दै हुनुहुन्छः

व्याख्यात्मक घोषणाले एमसीसबारे शङ्काहरूको निवारण भएको छ : अध्यक्ष नेपाल 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीलाई लिएर अनेक शङ्का भए पनि व्याख्यात्मक घोषणापछि ती शङ्काहरूको निवारण भएको बताउनुभएको छ ।

संसद्बाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे पार्टीको धारणा सार्वजनिक गर्न आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमसीसी सत्तारुढ दलको सहमतिमा पारित भएकाले यसको कार्यान्वयनमा समेत सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

 एकिकृत समाजवादीका अध्यक्ष नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै एमसिसी सम्झौता संसद्मा दर्ता गरेको भए पनि पारित हुने बेला सहभागी नहुनु राम्रो नभएको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले एमसीसीका सम्बन्धमा देखिएका भ्रमहरूको निवारण गर्दै कार्यान्वयन गर्नुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button