तपाईँ सुन्दै हुनुहुन्छः

झापाको अर्जुनधारामा आज ‘एक साँझ शिवका माझ’

भद्रपुर, झापा।पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा महाशिवरात्रि पर्वको अवसरमा आज ‘एक साँझ शिवका माझ’ भजन सन्ध्या कार्यक्रम हुने भएको छ । महाशिवरात्रि पर्वको सन्दर्भमा अर्जुनधारा ७ स्थित अर्जुनधारा जलेश्वरधाममा आइतबारदेखि नै त्रिदिवसीय कार्यक्रम शुरु भएको थियो ।

महाशिवरात्रि पर्वको दिन आज मङ्गलवार चार प्रहरको पूजा, लक्षवर्तीका प्रज्वलन र कलाकारहरूको सहभागितामा ‘एक साँझ शिवका माझ’ भजनसन्ध्या कार्यक्रम हुने धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button