तपाईँ सुन्दै हुनुहुन्छः

‘मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार प्रतिबद्ध’

काठमाडौँ । नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन, एमसिसी सम्बन्धी सम्झौतालाई संसद्बाट पारित गराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सम्झौता सङ्घीय संसद्, प्रतिनिधिसभाबाट अनुमोदन गराउन आवश्यक सहज वातावरण निर्माण गरी सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको हो ।

File Photo

यसका लागि सहज वातावरण बनाइदिने सरकारमा सहभागी तथा गठबन्धनमा आबद्ध राजनीतिक दलहरू, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दल, सभामुख र प्रतिनिधिसभाका सदस्यहरु सबैलाई आजको मन्त्रिपरिषद्को बैठकले धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

त्यसैगरी सरकारले यसका लागि प्राप्त सहयोग र सद्भावप्रति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, नागरिक समाज, सञ्चार जगत्, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा धन्यवाद व्यक्त गरेको छ ।

बैठकले सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्मअनुरूप छिमेकी मित्र राष्ट्रहरू भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन पनि नेपाल सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने मित्र राष्ट्रहरू, दातृ निकाय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूप्रति पनि नेपाल सरकारले आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button