एमसीसी पारित भएर नेपालको विकासमा एउटा नयाँ अध्याय प्रारम्भ भएको छ : प्रवक्ता डा.महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएर नेपालको विकासमा एउटा नयाँ अध्याय प्रारम्भ भएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. महतले प्रधानमन्त्रीको दृढताले प्रतिनिधिसभाबाट सत्ता गठबन्धनका साथै विपक्षी दलको समेत सकारात्मक सुझबुझका कारण एमसीसी सम्झौता पारित गरिएकोमा सबै पक्षलाई पार्टीका तर्फबाट धन्यवाद दिनुभयो ।

पार्टी प्रवक्ता डा.महतले एमसिसि शुद्ध विकास सहयोग र परियोजना भएकाले यसमा अब पनि कुनै भ्रममा नपर्न आग्रह गर्नुहुँदै सबैको सहयोगमा यसको कार्यान्वयन पक्ष अगाडी बढेपछि सबै भ्रमहरू दूर हुँदै जाने बताउनुभयो ।
उहाँले सत्तामा रहँदा वा नरहँदा नेपाली काँग्रेसको एउटै दृष्टिकोणका कारण एमसीसी अनुमोदनले नेपाली कांग्रेस परिपक्व निर्णय गर्छ र त्यसमा अडिन्छ भन्ने छाप नागरिकमा परेको पनि बताउनुभयो । केही भ्रम रहेको भए त्यसलाई चिर्न कांग्रेस लागिरहने उहाँले उल्लेख गर्नुभयो ।

एमसीसीमा नेपालको संसद्ले गरेको घोषणालाई अमेरिकाले पनि स्वीकार गरेको उल्लेख गर्नुहुँदै प्रवक्ता डा.महतले नेपालको बुझाई र अमेरिका बुझाइमा समानता रहेको पनि प्रस्ट पार्नुभयो ।










प्रतिक्रिया राख्नुहोस्