तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो बकुलिया गोल्ड कप प्रतियोगिता फागुन १९ गतेदेखि  

बारा  । बाराको बकुलिया खेल मैदानमा फागुन १९ गतेदेखि  तेस्रो बकुलिया गोल्ड कप प्रतियोगिता सुरु हुने भएको छ । 

आयोजक जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ को कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी  तेस्रो बकुलिया  फुटबल प्रतियोगिता  फागुन १९ गतेदेखि सुरु भई फागुन २८ गतेसम्म चल्ने जानकारी दिएको हो । 

प्रतियोगितामा प्रथम हुनेले एक लाख, द्वितीयले ५० हजार र सर्वोत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ नगद  पुरस्कार  प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष तथा वडा अध्यक्ष मोहित चौधरीले जानकारी दिनुभयो ।

समिश्रण कृषि सहकारी संस्था लि. बकुलियाको सह आयोजना र बकुलिया गोल्ड समिति तथा जनकल्याणकारी क्लबको सञ्चालनमा हुने प्रतियोगितालाई जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.५ को कार्यालयले रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । 

प्रतियोगितमा १० वटा फुटबल  क्लबहरूको  सहभागिता रहने  आयोजकले जनाएको छ । 

आयोजकले प्रतियोगिता सफल पार्न  करिब १३ लाख ७५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button