तपाईँ सुन्दै हुनुहुन्छः

नेप्सेमा सवा ६ करोड बढी कित्ता सेयर सूचिकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सवा ६ करोड कित्ताभन्दा धेरै सङ्ख्यामा सेयर सूचिकृत भएको छ ।

साताको पहिलो दिन नेप्सेमा तीन वाणिज्य बैङ्कहरूका ६ करोड ३३ लाख ३३ हजार ९९५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । उक्त बोनस सेयर गत आर्थिक वर्षको नाफाबाट सेयर धनीहरूलाई वितरण गरिएको हो ।

गत आर्थिक वर्ष २०७७/७८ का लागि प्राइम कमर्सियल बैङ्कले कायम चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर, सिद्धार्थ बैङ्कले १४.२५ प्रतिशत र कृषि विकास बैङ्कले २० प्रतिशत बोनस सेयर वितरण गरेका थिए ।

नेप्सेमा प्राइम कमर्सियल बैङ्कको अहिले बोनस सेयर बापतको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता सेयर थप हुँदा सिद्धार्थ बैङ्कको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता सेयर सूचीकृत भएको छ ।

कृषि विकास बैङ्कको पनि २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता थप सेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button