तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा: भोलिको बैठकको सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

file photo

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले भोलिको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको हो ।

भोलि दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button