तपाईँ सुन्दै हुनुहुन्छः

एकसाथ ७ जना साहित्यकार सम्मानित

मकवानपुर । हेटौँडामा शनिबार एकसाथ सात जना साहित्यकारहरूलाई सम्मान गरिएको छ । साहित्य सङ्गम मकवानपुरले शनिबार एक कार्यक्रमबिच सात जना स्रष्टालाई सम्मान गरेको हो ।

सङ्गमको सभाकक्षमा शनिबार एक समारोहका बिच १५ हजार ५ सय ५५ रुपैयाँसहित मकवानपुर साहित्य श्रीबाट साहित्यकार सुवास खनाललाई सम्मान गरेको छ । यस्तै सङ्गमले भेषनाथ अधिकारी स्मृति पुरस्कारबाट साहित्यकार मनोज भण्डारीलाई सम्मान गरेको छ ।

यस्तै सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कारबाट साहित्यकार दीपक गौतम, मङ्गलादेवी श्रेष्ठ स्मृति नारी पुरस्कारबाट साहित्यकार रुकु कार्की र णकुमारी स्मृति साहित्य पुरस्कारबाट बालजागृति इङ्लिस बोर्डिङ स्कुलकी सुविज्ञा सुवेदी, शेषजङ्ग स्मृति कथा पुरस्कारबाट हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत उषाकिरण अधिकारी, मुक्ति–तारा साहित्य पुरस्कारबाट समीक्षक घनश्याम घिमिरेलाई सम्मान गरिएको साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले बताउनुभयो ।

सङ्गमकी अध्यक्ष न्यौपानेको अध्यक्षता एवम् साहित्यकार तुलसी थापाको प्रमुख आतिथ्यमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button