मेची पेट्रोलियम डिलर्स एशोसिएशनको साधारण सभा सम्पन्न
झापा । प्रदेश नं १ को चार जिल्लाका पेट्रोलियम व्यवसायीहरूको साझा संस्था मेची पेट्रोलियम डिलर्स एशोसिएशनको १४ औँ साधारण सभा झापाको बिर्तामोडमा शनिबार सम्पन्न भएको छ ।

बिर्तामोडस्थित होटेल किंग्सबरीमा आयोजित साधारण सभाको नेपाल पेट्रोलियम राष्ट्रिय डिलर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले पेट्रोलियम व्यवसाय निकै चुनौतीपूर्ण भएको बताउनुभयो । उहाँले विश्वव्यापी र राष्ट्रिय रूपमै देखिएका राजनीतिक उथलपुथलले पेट्रोलियम पदार्थको आपूर्ति र मूल्यमा उतारचढाव आउने र त्यसले व्यवसायलाई प्रभावित पार्ने हुँदा संयमित भएर व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
एसोसिएसन झापा अध्यक्ष नवीन कोइरालाको अध्यक्षतामा सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गर्नुभएको साधारण सभामा कार्यसमिति सदस्य कुमारमणि पोखरेलले स्वागत गर्नुभएको थियो भने प्रदेशसभा सदस्य एवम् एसोसिएसनका सल्लाहकार श्रीप्रसाद मैनाली, एसोसिएसनका केन्द्रीय महासचिव विश्वप्रसाद अर्याल, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बा, नेपाली कांग्रेस झापा सभापति देउमान थेबे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा २०४७ सालमा स्थापित मेची पेट्रोलियम डिलर्स एशोसिएशनको कार्यसमितिलाई सम्मान पनि गरिएको एसोसिएसनका महासचिव विनोद बस्नेतले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्