तपाईँ सुन्दै हुनुहुन्छः

ग्राण्डीका अध्यक्ष कुँवरलाई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौँ।ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष इन्जिनियर दीपक कुँवर अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधिबाट सम्मानित हुनुभएको छ ।

फ्रान्सको पेरिसमा सञ्चालित युरोपियन इन्टरनेशनल युनिभर्सिटीले व्यवस्थापक एवं उद्यमी इन्जिनियर कुँवरलाई नेपालको व्यावसायिक व्यवस्थापनमा कुशल नेतृत्व गर्नुभएको भन्दै शुक्रवार साँझ थाइल्याण्डको ब्याङ्ककमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा प्रशंसनीय कार्य गरेबापत इन्जिनियर कुँवरलाई सम्मान गरिएको सो युर्निभर्सिटीले जनाएको छ । नेपाल घरजग्गा व्यवसायी महासङ्घको द्वितीय उपाध्यक्षसमेत रहनुभएका इन्जिनियर कुँवरले गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरेर आफ्नो व्यावसायिक क्षेत्रमा कुशलता निर्वाह गर्नुभएको छ । कुँवरले गोङ्गबुको नयाँबसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि लोत्से बहुउद्देश्यीय प्रालिको अध्यक्षसमेत भएर काम गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button