‘विकासका लागि एमसिसी पारित गर्नुपर्छ’
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको विकासका लागि एमसिसी आवश्यक रहेकाले यसलाई पारित गर्नुपर्ने बताउनुभएको छ ।

तनहुँको रुपाकोटमा आज आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले एमसिसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसिसीको विषयमा अनावश्यक भ्रम फैलाइएको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले विकासलाई केवल नारामा सीमित नगरी राजनीतिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
चौतर्फी विकास अहिलेको आवश्यकता रहेको बताउँदै वरिष्ठ नेता पौडेलले विकासका लागि इच्छाशक्ति र समर्पण आवश्यक रहेको औँल्याउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्