तपाईँ सुन्दै हुनुहुन्छः

हात खुट्टा बाँधिएको अवस्थामा युवकको शव भेटियो

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ३ चिसापानी भालु खोलाको जङ्गलमा हातखुट्टा बाँधेर मुखमा टेप लगाएको अवस्थामा अन्दाजी २०÷२२ वर्षको एक युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

स्थानीय महिलाहरू बाँदर लखेट्दै जाने क्रममा माटोले छोपेको अवस्थामा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

हालसम्म उक्त शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक गङ्गाप्रसाद पौडेलले बताउनुभयो । शव पहिचान गर्न काठमाडौँ टिचिङ अस्पताल पठाइएको पनि प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । 

दोलखा प्रहरीमा युवक हराएको बारेमा कुनै उजुरी समेत नपरेको प्रहरीले जनाएको छ । 

शवको पहिचानको लागि युवकको हुलिया सहितको विवरण ७७ वटै प्रहरी कार्यालयमा पठाइएको र सो बारे अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button