टीकापुर विमानस्थल सञ्चालनमा आउने : मन्त्री आले

टीकापुर, कैलाली । संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ । आज कैलालीको टीकापुर स्थित टीकापुर विमानस्थलको स्थलगत अनुगमनपछि मन्त्री आलेले चालू आर्थिक वर्षमा विमानस्थलको लागि दुई करोड बजेट विनियोजन भइसकेको बताउँदै टीकापुरमा विमानस्थल सञ्चालनमा ल्याएरै छोड्ने बताउनुभएको छ ।
विमानस्थलको अध्ययन समितिले त्यसको सर्वे गरेर गइसकेको र अध्ययन समितिको प्रतिवेदनको आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य दुई क्षेत्र त्यसको विकल्पमा सर्वे भएको क्षेत्रमा नयाँ विमानस्थलको लागि संरचना तयार गर्ने भन्ने कुरा थाहा हुने बताउनु भयो ।
मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नतिका लागि एक अर्ब बजेट विनियोजन भएको बताउँदै प्रत्येक जिल्लामा कम्तीमा एउटा हवाई मैदानको निर्माणको लागि आफूले पहल गरिरहेको बताउनु भयो । मन्त्री आलेलाई विमानस्थल सञ्चालनको माग गर्दै टीकापुर उद्योग वाणिज्य सङ्घले ज्ञापन पत्र समेत बुझाएको छ ।








प्रतिक्रिया राख्नुहोस्