ठूलो परिमाण भन्सार छलेर ल्याइएका कपडा बरामद

चितवन । चितवन प्रहरीले ठूलो परिमाणमा कपडा बरामद गरेको छ ।
पूर्व–पश्चिम राजमार्गको खैरहनी नगरपालिकाबाट कपडा बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेका चार वटा ट्रकबाट ८६ पोका कपडा बरामद गरिएको छ ।
ना ६ ख ५०६१ नम्बरको ट्रकमा २५ पोका, ना ६ ख ११३ मा २१ पोका, ना ६ ख ११६६ मा ९ पोका र ना ७ ख ९२२४ मा ३१ पोका कपडा बरामद भएको उहाँले जानकारी दिनुभयो । ती पोका भित्र कार्पेट, पर्दासहित मानिसले लगाउने कपडाहरू रहेका छन् ।
रड बोकेका ट्रकमा लुकाएर कपडा ल्याइएका थिए । पोकाभित्र साना पोका पारेर राखिएकाले बिहानबाट गन्न थालिए पनि यकिन तथ्याङ्क आइसकेको छैन । बिलबिजक नगरी भन्सार छलेर कपडा ल्याइएको सूचनाका आधारमा ती कपडा बरामद गरिएको हो ।
चार वटै ट्रक र ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया राख्नुहोस्