तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र र राष्ट्रियताको विरुद्ध हुने कुनै पनि काम एमालेले नगर्ने : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र र राष्ट्रियताको विरुद्ध हुने कुनै पनि काम एमालेले नगर्ने बताउनुभएको छ । 

अध्यक्ष ओलीको ७ औँ जन्मदिनको उपलक्ष्यमा आज समवेत दृष्टि पुस्तकको लोकार्पण गर्नुहुँदै उहाँले आफूहरूसँग पूर्वाधार विकास लगायतका सबै क्षेत्रप्रति स्पष्ट दृष्टिकोण भएकाले जनताका विरुद्ध हुने कुनै पनि गतिविधि नगर्ने बताउनुभयो । 

This image has an empty alt attribute; its file name is 274176720_6977085605696256_4912795281250996978_n-1024x498.jpg

अध्यक्ष ओलीले जनताको साथ पाएर नै आफ्नो मनोबल उच्च भएको भन्नुहुँदै एक छिन कसैले जालझेल गरे वा केही गुट मिल्दा एउटा मोर्चाको हार भए पनि युद्धको भने हार नहुने उल्लेख गर्नुभयो । 

अध्यक्ष ओलीको बारेमा लेखिएको समवेत दृष्टि पुस्तक पत्रकार लोकश्वरी कुँवर र सञ्जय खड्काले लेख्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button