तपाईँ सुन्दै हुनुहुन्छः

भोलिको संसद् बैठकमा एमसीसीमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधि सभाको भोलिको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सामान्य छलफल हुने भएको छ ।

file photo

सङ्घीय संसद्ले आज सम्भावित कार्यसूची सार्वजनिक गर्दै अर्थ मन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबीच भएको अनुदान सम्झौता माथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुहुने जनाएको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक, आर्थिक वर्ष २०७७/७८ पेश गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button