तपाईँ सुन्दै हुनुहुन्छः

लोसपाको पर्सामा सम्पर्क कार्यालय सञ्चालन

वीरगञ्ज । वीरगञ्जमा लोकतान्त्रिक समाजवादी (लोसपा) नेपालले आजदेखि पर्सामा विधिवत् रुपमा पूजापाठ गरी सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । 

रानीघाटस्थित गोकुलेश्वर भवनमा खोलिएको सम्पर्क कार्यालय लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तम झाले विधिवत् रुपमा पूजापाठ गरी झण्डातोलन समेत गर्नुभयो । 

उक्त कार्यालय आजदेखि दैनिक रुपमा कार्यकर्ता तथा आम नागरिकको सम्पर्कको कार्यालयको रुपमा सुचारु हुने लोसपा नगर कार्य समितिका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिनुभयो ।

उतm कार्यक्रममा मधेस प्रदेशका सांसद रमेश कुर्मी, लोसपा पर्साका वरिष्ठ नेता तथा अधिवक्ता सुरेन्द्र कुर्मी, रम्भा मिश्रलगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button